काठमाडौं । बाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रलायले दिएको जानकारी अनुसार प्रदेशभर सबैभन्दा धेरै काठमाडौंमा ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै काभ्रेमा ३६, चितवनमा १८, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ३४, ललितपुरमा ४३, मकवानपुरमा ३५, रामेछापमा २, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ गरी ६७२ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ३ जना र जसमा २ पुरुष र १ महिला रहेका छन् । भने चितवनका ६२ वर्षीय पुरुष रहेका छन् ।
नेपालमा बितेको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै हालसम्म कुल संक्रमितको ७१ प्रतिशत अर्थात ३५ हजार ७ सय जना कोरोना निको भएर घर फर्किएका छन् ।
बितेको २४ घण्टामा मात्र थप १ हजार ८ सय १८ जना कोरोना मुक्त भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । त्यस्तै नेपालमा हाल १४ हजार ४ सय ४ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । भने हाल नेपालमा ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ३१५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया