काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लामा मात्रै थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ४६४ जना कोरोना संक्रमित मध्ये ३६ जना कोरोना संक्रमित भक्तपुर जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (बुधवार) एकैपटक १ हजार ८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३१२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६८.८ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हिजो (मंगलवार) ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया