काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो कुल संक्रमितको ० दशमलव ६३ प्रतिशत हो । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।
मृत्यु हुने पुरुषहरुमा काठमाडौंका ६७ वर्षीय पुरुष, अर्घाखाँचीका ४२ वर्षीय पुरुष र नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् । भने कोरोनाबाट मृत्यु हुने महिलाहरुमा काठमाडौंकी ८३ वर्षीया, कास्कीकि ७३ वर्षीया र बाँकेकी ८० वर्षीया महिला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया