कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

नेपालमा कुल संक्रमित मध्ये ६८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा २८१६ जना

प्रदेश २ मा ९५२३ जना

वाग्मती प्रदेश ५००४ जना

गण्डकी प्रदेशमा १९९२ जना

प्रदेश ५ मा ५७७१ जना

कर्णाली प्रदेशमा २३९८ जना

सुदूरपश्चिम प्रदेशमा ५४८० जना

नेपालमा आज (मंगलवार) एकैपटक ९०२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?