काठमाडौं । बितेको २४ घण्टमा काठमाडौं उपत्यकामा ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । भने हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ५ प्रतिशत अर्थात ३२ हजार ९ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बितेको २४ घण्टामा मात्र २२८७ जना कोरोना मुक्त भएका हुन् । त्यस्तै हाल नेपालमा ५९१ जना कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया