काठमाडौं । नेपालमा आज (मंगलवार) एकैपटक ९०२ जनामा कोरोना भाईरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा गरिएको १० हजार ६११ नमूनाको पीसीआर परीक्षणका क्रममा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
साथै नेपालमा कोरोना संक्रमित शुन्य रहेका ६ वटा जिल्लाहरु रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १, गण्डकी प्रदेशमा २, र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् ।
यी हुन् संक्रमण मुक्त ६ जिल्ला
तप्लेजुङ
मनाङ
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया