नेपालमा पछिल्लो २४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज (मंगलवार) एकैपटक ९०२ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा गरिएको १० हजार ६११ नमूनाको पीसीआर परीक्षणका क्रममा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६८ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना, होम आइसोलेसनमा ६ हजार ८१५ जना, देशभर क्‍वारेन्टाईनमा ५ हजार ३१० जना छन् । संक्रमणमुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

नेपालमा हिजो (सोमवार) ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?