कांग्रेस महामन्त्री शशांक कोइरालामा पनि देखियो कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामान्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । महामन्त्री कोइरालाले सामाजिक सञ्जाल मार्फत आफूमा कोरोना पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या नभएको र चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको उनले बताएका छन् ।

साथै आफ्ना सम्पर्कमा आएकाहरुलाई सजग रहन समेत उनले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?