काठमाडौं । बलिउड स्टार सञ्जय दत्तले बिरामीको बेलामा पनि शूटिङ शुरु गरेका छन् ।
यसको जानकारी यशराज स्टूडियोले दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
शमसेराको सेटबाट उनको एक्सक्लूसिभ फोटो पनि सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण र सञ्जय दत्तको रोगलाई नियालेर सेटमा कडा सुरक्षा दिइएको छ ।
उनको कोरोना टेस्ट गराइएको र उनीसँग काम गर्ने सबैको कोरोना टेस्ट गराइएको बताइएको छ ।
८ अगस्टमा श्वाप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया