पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – आजदेखि अधिकांश स्थानमा सामान्य बदली हुनुका साथै प्रदेश १, प्रदेश २,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?