काठमाडौं । भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालय अन्तर्गत रेल विभागले रेलमार्गको ठेक्का प्रक्रिया रद्ध गरेको छ । विभागले पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकरभित्तादेखि सुनसरीको इनरुवासम्मको रेलमार्गको ठेक्का आवश्यक प्रक्रिया पुरा नगरी गैरकानूनी रुपले अघि बढेकोले रद्द गरेको जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त आयोजनाको लम्बाई १ सय ६ किलोमिटर भएको रेलवे ट्राकबेड निर्माणका लागि आह्वान गरिएको गरिएको थियो ।
उक्त आयोजना अन्तर्गत ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो तर जग्गाको मुआब्जाको वितरण भने टुंगो लाग्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया