काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ८ लाख ९६ हजार ७९३ जनाको मृत्यु भएको छ भने २ करोड ७४ लाख ८४ हजार ५७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै १ करोड ९५ लाख ८५ हजार १४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार २२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म ३०० जनाको मृत्यु भएको छ भने ४७ हजार २३६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३० हजार ६७७ जना संक्रमण मुक्त भएका छन् भने १६ हजार २५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । नेपाल कोरोना संक्रमितको हिसाबले विश्वको ५५ औँ स्थानमा रहेको छ ।
पछिल्लो केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया