काठमाडौं । पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशमा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी काठमाडौंमा एकैपटक २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काभ्रेपलाञ्चोकमा २८, चितवनमा १९, दोलखामा ३, धादिङमा ४, भक्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाको कारण थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ३ जना ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै मकवानपुरको ३९ वर्षीय र दोलखाको ६९ वर्षीय पुरुषहरु रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ६५ प्रतिशत अर्थात ३० हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार ७ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया