काठमाडौं । नेपालमा थप १ हजार ७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३० हजार ६ सय ७७ रहेको छ ।
कुल संक्रमित मध्ये ६५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा २६७९ जना
प्रदेश २ मा ८७९७ जना
वाग्मती प्रदेश ४१५० जना
गण्डकी प्रदेशमा १८४० जना
प्रदेश ५ मा ५४८१ जना
कर्णाली प्रदेशमा २३४९ जना
सुदूरपश्चिम प्रदेशमा ५३८० जना
नेपालमा आज (सोमवार) एकैपटक ९७९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया