काठमाडौं । सरकारले रसायनिक मल आयातका लागि जिम्मा दिइएका सप्लायर्सहरुले समयमा नै मल आयातको काम पुरा गर्न नगरेका २ सप्लायर्सहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएको छ । मल आयातको लागि टेण्डर पाएका सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिलाई तोकिएको समयमा मल आयात गर्न नसकेको भन्दै कारबाही गर्ने भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान रोपेपछि हाल्नु पर्ने मलको अभाव भएकोमा दुखी रहेको र डेण्डर पाएका फर्महरुलाई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रालयले समयमानै काम गर्न नसकेको भन्दै उनीहरुको ठेक्का रद्ध गरेको र धरौटी समेत जफत गरेको छ । यसअघि मन्त्रलायले शीत भण्डारणको ठेक्कामा अनियमितता गर्ने ६ वटा ठेकेदार कम्पनीहरुलाई समेत कारबाही गरेको थियो । यस किसिमको कदमले भोलीका दिनहरुमा यस्ता कामहरु निरुत्साहित हुने समेत मन्त्रालयले जनाएको छ ।
“शीत भण्डारणको ठेक्कामा अनियमितता गर्ने ६ वटा ठेकेदारहरुलाई गत वर्ष कारबाही गरिएको थियो, उनीहरुसँग भएको ठेक्का सम्झौता रद्ध गरी ७ करोड ३२ लाख रुपैयाँ राज्यकोषमा फिर्ता गरिएको थियो । अहिले युरिया आपूर्तीको ठेक्का लिएकाहरु माथि गरिएको कार्यबाहीलाई मैले सुशासनको लागि थालिएको अझै महत्वपूर्ण कदमका रुपमा लिएको छु । यसबाट जसरी पनि ठेक्का पार्ने तर काम नगर्ने प्रवृति निरुत्साहित हुनेछ । भविष्यमा पनि सुशासनलाई अझ कडाईका साथ पालना गरिने र गराइने छ ।” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ मन्त्रालयको विज्ञप्ति


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया