काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लामा एकैपटक ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतवार काठमाडौं उपत्यकामा थपिएका ३५४ जना कोरोना संक्रमित मध्ये ३२ जना कोरोना संक्रमित भक्तपुर जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (आईतवार) ९८० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २८९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६३ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हिजो (शनिवार) १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया