पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २९०, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्र ९८० जनामा कोरोना संक्रमण पुष्टि भएकोा छ । बितेको २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त हुनेको संख्या १८१४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?