नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको ंख्या४१ लाखभन्दा बढी पुगेको देखिएको छ ।
संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ ।
कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतवार जनाएको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना संक्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८६६ जना संक्रमणमुक्त भइसकेका छन् ।
अधिकारीहरूका अनुसार अरु आठ लाख ६२ हजार ३२० जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् ।
भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया