पोर्चुगलमा ९० वर्ष यताकै धेरै गर्मी

काठमाडौं । दक्षिण यूरोपीयन देश पोर्चुगलमा ९० वर्ष यताकै भीषण गर्मी भएको छ ।

जसका कारण मानिसहरु हैरान भएका छन् ।गर्मीले सबै रेकर्ड तोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो भीषण गर्मीका लागि ३३ देशहरुलाई जिम्मेवारी ठहर्याइएको छ । यही भीषण गर्मी झेलिरहेका ४ पोर्चुगलका बच्चाहरुले ३३ देशहरुविरुद्ध मुद्धा हालेका छन् ।

उनीहरुले मानवअधिकार मामिलाको यूरोपीयन कोर्टमा मुद्धा दर्ता गराएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?