कोरोना संक्रमणको हिसावले उच्च यी ५ देश

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९२ हजार ४ सय ३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ५ सय ३७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६४ लाख ८ हजार ५ सय ९४ पुगेको छ । हालसम्म ३६ लाख ४२ हजार ७ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ४० पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४१ लाख ६ हजार ५ सय ८६ पुगेको छ । हालसम्म ३१ लाख ७४ हजार ७ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १ हजार ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४० लाख ९३ हजार ५ सय ८६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २५ हजार ६ सय ५९ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३२ लाख ७८ हजार २ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ७५ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ७ सय ५९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय ५ जनामा कोरोना पुष्टि भएको र ११० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख २० हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ३८ हजार १ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २९ हजार ५ सय ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ७६ हजार ८ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ९८ हजार ५ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ८ लाख ८१ हजार ३ सय ४७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६९ लाख ४९ हजार ७८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९० लाख ४१ हजार ४ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?