भुटानमा अझै कोरोना ‘नियन्त्रण’को अवस्थामा

काठमाडौं । विश्वका कतिपय देशमा कोरोनाभाइरसको महामारी फैलिरहेको बेला दक्षिण एसियाली देश भुटानमा अझै कोरोना नियन्त्रणकै अवस्थामा रहेको छ । भुटानमा कोरोना भित्रिन नदिन पर्याप्त सावधानी अपनाइएकाले कोरोना नियन्त्रणको अवस्थामा रहेको बताइएको छ ।

भुटानमा हालसम्म २२८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा पनि १५० जना निको भएका छन् ।

आजमात्रै भुटानमा १ जना नयाँ संक्रमित भेटिएका छन् । भुटानमा अहिले ७८ जनाको उपचार भइरहेको छ भने उनीहरुको अवस्थामा सामान्य रहेको बताइएको छ । भुटानमा हालसम्म कोरोनाबाट एक जनाको पनि ज्यान गएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?