विनोद चौधरी कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालका परिचित उद्योगी एवम् चौधरी ग्रुपका मालिक विनोद चौधरी कोरोना संक्रमण मुक्त भएका छन् । उनमा गत भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले आफू १० दिनको एकान्तवासपछि आजबाट कोरोना संक्रमण मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

साथै सबैको माया र हौसलाले नै आफू छिट्टै कोरोना संक्रमण मुक्त भएकोमा सुभेच्क्षा प्रकट गर्नेहरुप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?