काठमाडौं । बाग्मती प्रदेशमा थप ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा एकैपटक ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका तीन जना र मकवानपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै आज काठमाडौंका ३२६, काभ्रेमा ६, चितवनमा ४५, दोलखामा ६, धादिङमा १०, नुवाकोट १, भक्तपुर ४५, ललितपुर ३७, सिन्धुली २, मकवानपुर ३५ र रामेछापमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ६० प्रतिशत अर्थात २७ हजार १ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार १ हजार ५ सय ६६ जना कोरोना निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया