काठमाडौं उपत्यकामा एकैपटक थपिए ४ सय बढी कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३६२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभरी नै कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

बितेको २४ घण्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । हाल नेपालमा १७ हजार ८ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?