काठमाडौं । कोरोना भाइरसबाट मोरङमा थप १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनपालथान गाउँपालिका ३ बस्ने वर्ष ५५ को पुरूष रहेका छन् ।
शुक्रबार कोरोना पोजेटिभ आएका उनलाई कोशी अस्पतालको कोरोना उपचार केन्द्र बिराटनगरमा भर्ना गरिएकोमा शनिबार साढे १ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसअघि गए रातिमात्रै मोरङकमा २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया