काठमाडौं – कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका धेरै ‘केस’ हरुसँग अन्य घटनाक्रमपनि जोडिएर आएका हुन्छन् ।जस्तो कि कोरोना संक्रमण पुष्टि भएको निकै ढिला थाहा पाएको, एम्बुलेन्समा बिरामी घुमाउँदा घुमाउँदा मृत्युवरण गर्नुपरेको , कहाँ जाने अन्यौल भएको, परिवारले तिरस्कार गरेको, छिमेकीले दुव्र्यवहार गरेको, समाजले नराम्रो दृष्टिकोणले हेरेको, अतिशय पीडामा पर्दा पनि अस्पताल जान नपाएको, अस्पतालमा बेड अभाव भएको, संक्रमण पुष्टि भएको धेरै दिनसम्म पनि सोधखोज नगरेको, स्थानीय सरकारले राम्रो किसीमको समन्वय अभाव भएको आदी ईत्यादी। त्यसैले लोकपथ डटकमले लोकपथ फेसबुक लाईभमा जोडिएका चिकित्सकले दिएका विभिन्न उपायहरु संकलन गरेर यदि तपाईको परिवारमा कसैलाई कोरोना संक्रमण भईहालेमा के गर्ने भन्ने सन्दर्भलाई दिएर केहि टिपसहरु यहाँ प्रस्तुत गरेको छ ।
पहिलो कुरा त अहिले सबै क्षेत्र अस्तव्यस्त छ । मलाई मात्रै अप्ठेरो पर्यो। वा यो अप्ठेरो परिस्थितीको विकल्प छैन । म सकिएँ । रिण कसरी तिर्ने , पैसा कमाउन पाईएन । कोरोना लागेमा के गर्ने लगायतका यावत् समस्या भुलेर मात्रै यति सोच्नुहोस् म जीवनको यस्तो कठिन मोडमा छु कि, दुईछाक खाना खाएर बाँकी कुराहरुलाई केहि समय पछि धकेलेर यो समय मात्रै आफू र आफ्नो परिवार कसरी सुरक्षित रहने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । यो विषम परिस्थितीसँग सामना गर्नैपर्ने कठिन परिवेश हाम्रा सामुन्ने खडा भएको छ । म मात्रै होईन विश्व नै यस भाईरसबाट प्रभावित बनेको यो परिप्रेक्ष्यलाई मैले बुझ्नुपर्छ । लाखौँ मानिसले यो भाईरसबाट ज्यान गुमाएका छन् । हामीहरुको हालको स्थितीसम्म लथालिङ्ग भएको परिवेश सहज स्थिती आएपछि सुधार्नेछु । तर अहिलेलाई / आजको दिनमा पहिलो शर्त भनेको नै ज्यान जोगाउनु हो, म मेरो परिवार, मेरो छिमेकी मेरो समाज र मेरो देशलाई कोरोना भाईरसको महामारीविरुद्ध लड्न सहयोग पुर्याउँछु भन्ने भावना जागृत गर्नुहोस् ।
अहिले समाजिक सञ्जालको प्रयोगबाट पनि धेरै सूचना आदानप्रदान गर्न सहज हुन्छ । त्यसो गरेर पनि तपाईले आफ्ना वरपर भएका विभिन्न सूचना,जानकारी, गुनासोहरु सेयर गर्न सक्नुहुन्छ । सामाजिक सञ्जालमा आफ्नो स्थानीय तहको वा वडाअध्यक्ष, सूचना अधिकारी, स्वास्थ्यकर्मी, मेयर, गाउँपालिका अध्यक्षलगायत सम्बन्धित सरोकारवाला निकायले तपाईका लागि बनाएका नियम , आदेश, सूचनाको पहुँचमा रहिरहनुहोस् । बरु अफ्ना वडामा भईरहेका केहि नकारात्मक पाटोबारे खुलेर सुझाव दिनुहोस् । तपाईलाई थाहा भएका सूचनाले तपाईको क्षेत्रमा थप क्षति हुनबाट बचाउँन सक्छ। यो विषम परिस्थितीमा दक्ष जनशक्तिको अभाव झेलिरहेको सरकारको लागि सचेत नागरिकको हैसियतमा महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ । तर केन्द्र, प्रदेश र स्थानिय तहले जारी गरेका आदेश, अनुरोध, निवेदन, सूचनाको विरोध गर्ने / वहकावमा लागेर नियम मान्दैनौँ भन्दै भिडभाडमा उत्रने काम गर्नुभयो भने एकबाट दोस्रोमा सजिलै सर्ने यो भाईरस तपाईमा सर्न सक्छ । तपाईबाट परिवार छिमेक हुँदै सिंगो समाज र देश थप बर्बादीको बाटोमा जान सक्छ ।
यसबाहेक लामो समय फुर्सदमा बसेका कारण सामाजिक सञ्जालमा असभ्य टिकाटिप्पणी गर्ने, अरुको मानहानी गर्ने, अरुलाई दु:ख दिने, गाली गर्ने, अरुका कमीकमजोरी खोतलेर बस्ने जस्ता काममा समय बिताउनुभन्दा राम्रा लेखकका कृति पढ्ने, चलचित्र हेर्न, नयाँ योजना बनाउने, कोर्सका किताबहरु पढ्ने, भू – राजनीतिका विषयबारे ज्ञान लिने, सामान्य ज्ञानसँग सम्बन्धित विभिन्न प्रश्नोत्तरको ज्ञान राख्ने, युट्युबमार्फत् नयाँ सिकाई अगाडी बढाउने काम गर्न सकिन्छ ।
नेपालमा कोरोना भाईरस ‘कोभिड – १९’ को स्थिती अब झनै भयावह बन्न थालेको जग्जाहेर नै छ । यस्तो जटिल परिस्थितीको जोखिममा हामी सबै छौँ । त्यसकारणले गर्दा कोरोना भाईरसबाट म पनि संक्रमित हुन सक्छु । मेरो परिवारका सदस्य पनि संक्रमित हुन सक्छन् यस्तो अवस्थामा यदी कसैलाई कोरोना भईहालेमा के गर्ने भन्ने विषयमा सोच्न र पूर्व तयारी गर्न ढिला गर्नु हुँदैन । एउटा छुट्टै कोठा एउटा छुट्टै शौचालय, व्यक्तिले प्रयोग गर्ने ओच्छ्यान, शरीरलाई पौष्टिक तत्व प्रदान गर्ने विभिन्न खानेकुराको जोहोदेखि आफ्नो स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी र तिनका सम्पर्क नम्बर राख्नुपर्छ ।
आफूले सम्पर्क गरेका व्यक्तिमा यदि कोरोना संक्रमण पुष्टि भएको छ भने खबर पाउनेबित्तिकै ‘होम आईसोलेसनमा’ अनिवार्य १४ दिन बस्नुपर्छ र स्थानीय तहलाई जानकारी गराउनुपर्छ ।
होम आईसोलेसनमा बसेको अवस्थामा आफ्नो स्वास्थ्यमा परिरहेका समस्याबारे वडा कार्यालयमा जानकारी गराउनुपर्छ ।
यदी अस्पताल जानैपर्ने स्थिती आएको छ भने सोहीअनुरुपको समन्वय गर्नुपर्छ ।
जब तपाईलाई लक्षणसहित संक्रमण भयो कि भन्ने अवस्थामा, अस्पताल गई पिसिआर जाँचका क्रममा पोजेटिभ आयो भने, जब तपाई कन्ट्याक ट्रेसिङमा पर्नुभयो, जब तपाईलाई लक्षण छैन तर जाँचका क्रममा कोरोना संक्रमण भयो । यी अवस्थाहरुमा तपाईले पहिलो काम आत्तिनुभएन ।
त्यसपछि आफ्नो अवस्था हेरी संस्थागत आईसोलेसन वा होम आईसोलेसनमा बस्नुपर्छ ।
परिवारमा दिर्घ रोगी, शारीरीक मानसिक क्षमता कमजोर भएका सदस्य, औषधी सेवन गरिरहेकाहरु, हालसालै सर्जरी गरेका व्यक्ति बालबालिका बृद्धबृद्धा भए अझ बढी सावधानी अपनाउनुपर्छ ।
आईसोलेसन भएको कोठा छुट्टै सुरक्षित तर हावा ओहोरदोहोर गर्न मिल्ने हुनुपर्छ ।
कोरोना पुष्टि हुनुअघि तपाई कुनै औषधी लिईरहनुभएको थियो भने चिकित्सकसँग जानकारी लिई निरन्तर खानुपर्छ ।
आईसोलेसनमा बस्दा सकारात्मक सोँच राख्ने, गित संगीत सुन्ने, ध्यान, योगा, मेडिटेसन गर्ने शान्त रहने, अध्ययन गर्ने, पर्याप्त आराम गर्ने, सामाजिक सञ्जालमा फैलिएका नकारात्मक र भ्रामक समाचार बाट टाढा रहने तर आवश्यक सूचना र समाचार हेर्नुपर्छ वा अपडेट भईरहनुपर्छ ।
र, रिपोर्ट नेगेटिभ आएपछिको थप १४ दिन पनि अनिवार्य होम आईसोलेसनमा बस्नुपर्छ ।
यदाकदा एकपटक संक्रमण भएपछि फेरि संक्रमण हुँदैन भनेर सावधानी नअपनाई हिँडेको पनि देखिन्छ । तर केहि उदाहरणहरु छन् जहाँ फेरि कोरोना संक्रमण भएको पनि छ । यसअर्थ अझ सावधानी अपनाउन नभुलौँ ।
लोकपथसँगको कुराकानीमा चिकित्सकले हालको अवस्थामा अपरिहार्य अवस्था नभई अस्पतालको सम्पर्कमा नजानको लागि अनुरोध गरेका छन् । जाँचपड्तालका क्रममा जानैपर्ने अवस्था आउँदा वा कुरुवा बस्नुपर्ने परिस्थितीमा पनि थप सावधानी अपनाउनको लागि केहि उपायहरु सुझाएका छन् ।
सामान्य किसीमका रोगको उपचार गर्नको लागि अस्पताल नजाऔँ ।
कोही बिरामीलाई भेट्नको लागि अन्य समयमा जस्तो भिडभाड गरी सकभर अस्पताल नजाऔँ ।
अस्पताल जानैपर्ने स्थिती आएमा सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै जाऔँ ।
अस्पताल परिसरमा बस्ने, घुमफिर गर्ने, धेरै मानिसहरुको सम्पर्कमा जाने नगरौँ ।
यदि बिरामी कुरुवा हुनुहुन्छ भने आफूले खाना खाने स्थान र त्यहाँ सुरक्षाका सावधानी अपनाए नअपनाएबारे हेक्का राखौँ ।
आफ्ना बिरामीलाई अनिवार्य मास्कको प्रयोग गर्न दिऔँ ।
आफूले पनि अनिवार्य मास्क र पन्जाको प्रयोग गरौँ ।
आफू अस्पताल गएको मिती टिपेर राखौँ ।
अस्पताल परिसरका एटिएम, बैकमा जाँदा निकै सावधानी अपनाउनुहोस् । रुपैयाँ पैसा छोएपनि अनिवार्य साबुनपानीले हात धुने र सेनिटाईज गर्न भुल्नु हुँदैन ।
अस्पतालमा औषधी पसलमा पनि गईरहनुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा धेरै मानिसको सम्पर्कमा रहने ति पसलहरुमा पनि कोरोना भाईरसको स्पट बन्न सक्छन् । त्यसैले स्वास्थ्य सुरक्षाका सावधानीहरु पालना गर्नुहोस् ।
कोभिडका बिरामीलाई एकैपटक आवश्यक सामान पुर्याउनुपर्छ । पटकपटक अस्पताल परिसर गईरहनु उचित हुँदैन ।
अस्पतालमा बिरामीको अत्याधिक चाप र बढ्दो कोरोना संक्रमणका कारण चिकित्सहरु डाक्टर नर्स अधिक नै दबाबमा रहन्छन् । धेरैजना बिरामी र संक्रमित हेर्नुपर्ने भएकोले उनीहरुले पिपिईको प्रयोग गरेका हुन्छन् । यस्तो अवस्थामा कोरोना भाईरस पिपिईको बाहिर भागमा रहेको पनि हुनसक्दछ । त्यसैले चिकित्सकसँग बिरामी कुरुवाले केहि भौतिक दूरी कायम गरेर भेटौँ वा आफ्नो बिरामीको बारेमा जानकारी लिऔँ ।
बिरामी भेटेर घर गएपछि वा बिरामीको डिस्चार्जपछि घर लैजाँदा राम्ररी डिस्ईन्फेक्टेड मेडिसिन छर्केर मास्कको प्रयोग गरी, सेनिटाईजरको प्रयोग गरेर र अस्पताल बस्दा प्रयोग गरेका लुगाफाटो, भाँडाकुँडा तातोपानीले राम्ररी धोई पखाली राख्नुपर्छ ।
यदि कोरोना भाईरस ‘कोभिड – १९’ सँग मिल्दाजुल्दा लक्षण देखिएमा तुरुन्छ चिकित्सकसँग परामर्श लिई नजिकैको स्वास्थ्य संस्थामा गई जँचाउनुपर्छ ।
यदि तपाईको उठबस र सम्पर्कमा रहेका व्यक्तिमा कोरोना भाईरस संक्रमण देखिएमा सेल्फ आईसोलेसनमा बस्नुहोस् र स्थानीय तहको समन्वयमा हुने कन्ट्याक ट्रेसिङमा आफ्नो स्वाब परिक्षणका लागि दिनुहोस् । file photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया