कांग्रेस वरिष्ठ नेता पौडेल समूहले बोलायो भर्चुअल बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले आज भर्चुअल बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बनाउन सो बैठक बोलाइएको हो ।

शनिबार दिउँसो २ बजेका लागि केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको एक नेताले बताए ।

बैठकमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सभापति शेरबहादुर देउवाले विभागमा मनोनयन मनपरी गरेको भन्दै पौडेल समूह आक्रोशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?