काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ७६ हजार ७० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६६ लाख ५० हजार ३ सय ३८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ७ लाख ७९ हजार ८ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ८ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९१ हजार ४ सय ५० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २२ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६३ लाख ५७ हजार ६ सय ७६ पुगेको छ । हालसम्म ३५ लाख ८३ हजार २ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ४२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४० लाख ५४ हजार ४ सय ७४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २४ हजार ९ सय २२ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३२ लाख ४७ हजार ६ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ९३ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ६ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ८१ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४० लाख १४ हजार ७ सय ४४ पुगेको छ । हालसम्म ३१ लाख १ हजार २ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ६ सय ४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ १० जनामा कोरोना पुष्टि भएको र १ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख १५ हजार १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ३२ हजार ७ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा २९ हजार ४ सय ५ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ७० हजार १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ८९ हजार ८ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया