अर्थमन्त्री खतिवडाले बुझाए राजिनामा पत्र

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा पत्र बुझाएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा डा खतिवडाले राजिनामा दिने घोषणा गरेका थिए ।

उनको राष्ट्रिय सभा सदस्यको समयावधि सकिएसँगै आज राजिनामा दिएका हुन् ।

राजिनामा पत्र बुझाउनुअघि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

२०७४ फगुन १४ गते अर्थमन्त्री बनेका खतिवडाले साढे दुई वर्ष अर्थमन्त्रीका रुपमा काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?