भोली काठमाडौंका यी क्षेत्रमा बिजुली नआउने

काठमाडौं । शनिवार काठमाडौंका केही ठाउँहरुमा बिजुली नआउने भएको छ । विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाले बिजुली काटिन लागिएको हो ।

माछापोखरी, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक,बनस्थली, गंगाहल, बालाजू बाइपासदेखि इन्द्रायणी पुलसम्मको क्षेत्रमा असर पर्ने विद्युत प्राधिकरणले जनाएको छ ।

जस अनुसार काठमाडौं महानगरपालिकाका वडा नम्बर १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली नआउने भएका हुन् । यी क्षेत्रहरु नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रअन्तर्गत पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?