बिहीवार राति मनमोहन अस्पतालमा अज्ञात समूहद्वारा आक्रमण (भिडियोसहित)

काठमाडौं । बिहीवार काठमाडौं महानगरपालिका वडा नं १५ स्वयम्भूमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तोडफोड भएको छ । अस्पतालमा राति ९ बजेको समयमा २०/३० जनाको समूहमा अज्ञात मानिसहरु पसि आकस्मिक कक्षमा दोहोरो भिडन्त गरी तोडफोड एवम् त्यहाँका घाइते बिरामीहरुलाई समेत थप सख्त बनाएको अस्पताल प्रशासनले जनाएको छ ।

“करिब २०–३० जनाको अज्ञात समूहको गुण्डागर्दी शैलीमा यस अस्पतालको आकस्मिक कक्षमा दोहोरो भिडन्त भई तोडफोड एवम् अर्को पक्षका घाईतेलाई फेरि सख्त घाईते हुने गरि आकस्मिक कक्षभित्र आक्रमण गरि रक्ताम्य पारेको व्यहोरा जानकारीका लागि अनुरोध गर्न चाहन्छौं ।” अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

https://www.facebook.com/lokpath/videos/655851231691747/?t=2

अस्पतालका अनुसार आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स् तथा सुरक्षा गार्डहरुलाई समेत हातपात गरि आकस्मिक कक्षभित्रका ई.सि.जि. मेशिन, ड्रेसिङ ड्रम, बस्ने टुल, टिचल फोर्सेब, एम्बु ब्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको जनाइएको छ ।

त्यस्तै यस्ता खालका अपराधिक समूहका सम्पूर्ण व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानूनी कठघरामा उभ्याई कडाभन्दा कडा सजायँ दिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय,् प्रहरी प्रशासन, नेपाल मेडिकल एसोसिएसन, पत्रकारमित्रहरु एवम् सरोकारवालासँग माग गरेको छ ।

उनीहरुको समूहले आकस्मिक कक्षमा भएका सम्पूर्ण मेडिकल उपकरणहरुमा क्षति पुगेको र आकस्मिक कक्ष नै रक्ताम्य भएको हुनाले आकस्मिक सेवा बन्द गर्ने समेत अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?