भारतमा फेरि टिकटक खोल्ने तयारी

काठमाडौं । भारतमा फेरि टिकटकको प्रतिबन्ध हटाएर चलाउने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

टिकटक भारतीय एसेटलाई जापानी कम्पनी सफ्टबैंकले किन्न लागेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार केहि महिना अगाडि लागेको प्रतिबन्ध हटाएर पुनः टिकटक खोल्ने तयारीमा लागेको बताइएको छ ।

भारतले पहिलो टिकटक सहित पटक १५९ र दोश्रो पटक पब्जीसहित ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

टिकटक प्रयोगकर्तामध्ये ३० प्रतिशत मानिस भारतीय रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?