कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड, थपिए हालसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ७३ हजार १०८ जनाको मृत्यु भएको छ भने २ करोड ६४ लाख ६५ हजार २२१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ८६ लाख ६० हजार ११२ जना कोरोना संक्रमण पुष्टि भएको छ भने ६० हजार ७४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण ६८ हजार ५६९ जनाको मृत्यु भएको छ भने ३९ लाख ३३ हजार १२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३० लाख ३४ हजार ८८७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख २९ हजार ६६८ जना संक्रमित उपचाररत छन् ।

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा बिहीवार मात्रै हाल सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

बिहीवार भारतमा ८४ हजार १५६ जनालाई संक्रमण भएको छ भने १ हजार ८३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?