यी हुन् पूर्ण र आंशिक निषेधाज्ञा जारी गरिएका ४४ जिल्लाहरु

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न हाल देशभर ४४ जिल्लामा निषेधाज्ञा गरिएको छ । त्यसमध्ये ३५ जिल्लामा पूर्ण तथा विभिन्न ९ जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र थप ४ जिल्लामा निषेधाज्ञा गरिएको छ । पछिल्लो २४ घण्टामा बझाङ र बागलुङमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने लमजुङ र दैलेखमा आंशिक निषेधाज्ञा जारी गरिएको आज प्रमुख जिल्ला अधिकारीद्वारा जारी विवरणमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?