काठमाडौं । पुल्चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीका जवान कोमल घिमिरेलाई निर्घात कुटपिट गर्ने समूहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरका ४० वर्षीय महेश बज्रचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, भक्तपुरका ३२ वर्षीय श्याम श्रेष्ठ, काठमाडौं घर भएका ४७ वर्षीय यादवलाल कायस्थ, ललितपुरका ३८ वर्षीय अशोक कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्रचार्य र ४० वर्षीय रविन शाक्य रहेका छन् ।
मच्छिन्द्रनाथको रथ तान्न भेला भएका समूहको कुटाईबाट जवान घिमिरे घाइते भएका छन् । जवान घिमिरे चढेको बा २ प ७२४२ नम्बरको मोटरसाईकल तोडफोड समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया