विजयराम चमार मृत्यु प्रकरण : रौतहटका एसपी रविराज खड्का हटाइए

काठमाडौं । रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा यातना दिएको भन्दै त्यहाँका एसपी रविराज खड्का हटाइएका छन् । एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ ।

गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो ।

हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।

त्यस्तै उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ ।

उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?