काठमाडौं । भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा एकैपटक ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा बिहीवार थपिएका ४४५ जना संक्रमित मध्ये ४२ जना संक्रमित भक्तपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (बिहीवार) थप १ हजार २२८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया