काठमाडौं उपत्यकामा थपिए ठुलो संख्यामा कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?