गोंगबु हत्याकाण्डका आरोपी कल्पना पौडेल पुर्पक्षको लागि थुनामा

काठमाडौं । एक महिनाअघि गोंगबु हत्याकाण्डका आरोपी कल्पना पौडेल मुडवरीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौँले मुडवरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

यस्तै हत्यामा संलग्न रहेकी मुडवरीको छोरीलाई भक्तपुरस्थित बालसुधार गृह भक्तपुर, सानोठिमी पठाएको छ ।

मुडवरीकी छोरी नाबालिका भएको कारण सुधार गृह पठाइएको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?