काठमाडौं । कोरोना भाइरसको महमारी अहिले सारा विश्वमा व्याप्त छ ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाको संक्रमण अहिले विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
कोरोना भाइरसका कारण विश्वमा ८ लाख ६७ हजार २९५ जनाको मृत्यु भएको छ भने २ करोड ६१ लाख ७६ हजार १४० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ८४ लाख ४१ हजार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ६२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८९ हजार ९६४ जनाको मृत्यु भएको छ भने ६२ लाख ९० हजार ७३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३५ लाख ४७ हजार ३२ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ५३ हजार ७४१ जना उपचाररत छन् ।
त्यस्तै १५ हजार १०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यस्तै अमेरिकाको क्यालिफोर्नियामा १३ हजार ३२३ जनाको मृत्यु भएको छ भने ७ लाख २१ हजार ७९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ५२ हजार २२८ जनालाई संक्रमण भएको छ भने १३ हजार २४४ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ११ हजार ५०३ जनाको मृत्यु भएको छ भने ६ लाख ३३ हजार ४४२ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा बुधवार मात्रै ४१ हजार २११ जना संक्रमित थपिएका छन् भने १ हजार ९० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया