निषेधाज्ञा खुकुलो बनाइयो : अब के गर्न पाइन्छ, के गर्न पाइदैन ? (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट थप १ हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । उपत्यकामा तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी भदौ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञाको म्याद थप गर्ने निर्णय गरेको हो ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै तीनै जिल्लाका प्रजिअहरुले गत भदौ ३ गते बुधवारबाट भदौ १० गतेसम्म जारी गरिएको थियो । भदौ १० गतेबाट जारी गरिएको निषेधाज्ञा रातिबाट सकिँदैछ ।

आम मानिसको दैनिक जीवनयापनलाई मध्यनजर गर्दै निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र दैनिक उपभोग्य बस्तु खरिदबिक्री गर्नका लागि मात्र आदेश दिइएको थियो । भने अब निषेधाज्ञामा बिहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/ktm-prashashan.pdf” title=”ktm prashashan”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?