भक्तपुरका ९ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा पछल्लो २४ घण्टामा थपिएका ३८८ जना संक्रमित मध्ये ९ जना संक्रमित भक्तपुरका रहेका छन् ।

यसैबीच नेपालमा आज (बुधवार) थप १ हजार १२० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?