काठमाडौं । काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा हालसम्मकै सबेभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ४८१ जना संक्रमित मध्ये ३९३ जना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (मंगलवार) थप १ हजार ६९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २३९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।
नेपालमा हिजो (सोमवार) ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया