काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो । जसअनुसार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ५५ प्रतिशत अर्थात २२ हजार १ सय ७८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । बितेको २४ घण्टामा थप ७ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया