विश्वमा कस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था ? (हेर्नुहोस् तथ्यांकसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ५२ हजार ८ सय ८८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५५ लाख १२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ७८ लाख ८ हजार ९ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८७ हजार ४ सय १० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार १ सय ९९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६१ लाख ६१ हजार ८७ हजार ४ सय ३५ पुगेको छ । हालसम्म ३४ लाख २९ हजार ६ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ८६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा कोरोनाको कुल संक्रमित संख्या ३८ लाख ६२ हजार ३ सय १८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २० हजार ८ सय ९६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३० लाख ३१ हजार ५ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६५ हजार ४ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३६ लाख ८४ हजार ३ सय ३९ पुगेको छ । हालसम्म २८ लाख ३४ हजार ९ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय १० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार १ सय ७६ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ९३ जनामा कोरोना पुष्टि भएको र ८३ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ९५ हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ९ हजार ३ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २८ हजार ७ सय ८८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ४७ हजार १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ५५ हजार ४ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार २८ पुगेको छ । हालसम्म ६ लाख २५ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ३८ हजार ६ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ४ हजार १ सय २९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ८ सय ४१ पुगेको छ । हालसम्म कोरोनाको कारण ६४ हजार १ सय ५८ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ३ सय ३९ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख १२ हजार ५ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ८९ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय २६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८३ हजार ८ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ६९ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र चिलिमा १ हजार ७ सय ५२ जनामा कोरोना पुष्टि भएको र ४५ जनाको ज्यान गएको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ११ पुगेको छ । हालसम्म ४ लाख ५५ हजार ६ सय २१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ७ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?