काठमाडौं । दुई फोटो पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार काठमाडौंमा कार्यरत दुई जनामा कोरोना पुष्टि भएको हो ।
पीसीआर गराएका मध्य २ जनाको रिपोर्ट पोजेटिभ राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीप राज वन्तले जानकारी दिए ।
काठमाडौंमा रहेका विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर टेष्टको लागि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र फोटोपत्रकार क्लवको संयुक्त पहलमा कोरोना परीक्षण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया