काठमाडौं । डा. भोला रिजाल र उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि देखिएको छ ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेका डा रिजालमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसनमा रहेको र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।
उनले शनिवार कोरोना परीक्षण गरेका थिए ।
त्यस्तै आज नै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा पनि कोरोना पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया