काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार आएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।
मेयर शाक्य श्रीमतीमा ज्वरो लगायतका समस्या देखिएपछि उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल गएका थिए । त्यहि गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै होम आइसोलेसनमा बसेका छन् । साथै घरमै बस्ने वा अस्पताल जाने भन्ने विषयमा छलफल भइरहेको उनी निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनको श्रीमतीमा भने कोरोना रिपोर्ट भने नेगेटिभ देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया