काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले मन्त्रिपरिद बैठक जारी रहेको बताएपनि छलफलको विषय खुलाएनन् ।
तर एक मन्त्रीका अनुसार आजको बैठकमा युवराज खतिवडालाई राष्ट्रियसभामा सिफारिसबारे छलफल हुन सक्ने बताए ।
भदौ २० गतेसम्ममा अर्थमन्त्री डा युवराज खतिवडालाई संघीय संसद्को सदस्य नबनाइएमा संवैधानिक प्रावधानका कारण उनी स्वतः अर्थमन्त्रीबाट मुक्त हुने भएकाले उक्त विषयमा छलफल हुने उनको भनाइ छ।
खतिवडालाई पुनः निरन्तरता दिने या दोस्रो व्यक्तिलाई मनोतिन गर्ने भन्नेमा नेकपाभित्र विवाद रहेपनि ओली खतिवडाकै पक्षमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया