काठमाडौं । भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा आईतवार थपिएका ४२९ जना संक्रमित मध्ये ४५ जना संक्रमित भक्तपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
नेपालमा हिजो (शनिवार) ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया